काठमाडौंमा चिसो बढ्यो

२०७३ पुष १७ गते, आईतवार

काठमाडौं, १७ पुस । मौसम बदली भई वर्षा हुन थालेपछि पूर्वी तथा मध्य पहाडि क्षेत्रमा हिमपात सुरु भएको छ । ताप्लेजुङ, दोलखा, रामेछापलगायतका जिल्लाका पहाडि क्षेत्रमा हिमपात भएको हो । त्यस्तै रामेछापको तामेडाँडा, गुम्देल, देउराली शेरदिङ आसपासका क्षेत्रमा पनि हिमपात सुरु भएको छ । हिउँद लागे यता लामो समयपछि वर्षा हुँदा तल्लो क्षेत्रका कृषकलाई भने कृषि उत्पादनमा राहत मिलेको छ ।
यसैगरी काठमाडौंमा पनि सामान्य वर्षा भएसँगै चिसो बढेको छ । आज पनि सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु