आज तमू ल्होसार

२०७३ पुष १५ गते, शुक्रबार

काठमाडौं, १५ पुस । आज तमू ल्होसार पर्व, गुरुङ समुदायले बाँदर वर्गलाई बिदाई गरी चरा वर्गलाई स्वागत गरेर मनाउँदैछन् । ल्हो को अर्थ वर्ष र सारको अर्थ हो नयाँ । ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको गुरुङ समुदायका अगुवाहरुको भनाइ छ । यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । काठमाडौंको टुंडिखेलमा आज विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत प्रमुख दलका शीर्ष नेता सहभागी हुने छन् ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायले मनाउँदै आएको पर्व तमू ल्होसारका अवसरमा शुभकामना दिएकी छिन् । राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा गुरुङ समुदायको यो पर्वले सबैमा उत्साह र उमंग कायम गरी हाम्रो कला, संस्कृति र परम्पराको संरक्षण एवम् प्रवद्र्धनमा योगदान पुर्‍याउन सकोस् भन्ने कामना गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु