जनवरी १ लाई नेपाली टोपी दिवसको रुपमा मनाइने

२०७३ पुष १४ गते, बिहीबार

काठमाडौं, १४ पुस । विगत तीन बर्षदेखि हरेक अंग्रेजी नयाँ बर्षको पहिलो दिन अर्थात जनवरी १ लाई नेपाली टोपी दिवसको मनाउदै आइएको छ । नेपाली टोपी दिवसका विगत देखिकै अभियन्ताको रुपमा चिरपरिचित ‘जागरुक युवा अभियान नेपाल’ले यस बर्ष पनि त्यस कार्यक्रमलाई निरन्तरता दिने भएको छ । नेपालीको पहिचान स्थापित गर्ने उद्देश्य अनुरुप यस बर्ष पनि त्यस अभियानले टोपी दिवसको आयोजना गरेको हो । विगतमा दौरा, सुरुवाल र टोपीलाई नेपाली पोशाकका रुपमा मानिंदै आएको भएतापनि पछिल्लो समय यसलाई नेपाली पोशाकको सूचिबाट हटाइएकोमा अभियानले त्यसको घोर विरोध र भत्र्सना गरेको छ। साथै अभियानले नेपालको सबै प्रदेशलाई ईंगित हुने नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न समेत माग गरेको छ ।
अभियानका संयोजक घनश्याम श्रेष्ठद्वारा बिज्ञप्तिमा भनिएको छ, ‘स्मरण होस् हरेक देशको आ–आफ्नै पहिचानजन्य पोशाक हुन्छ । तर अहिले हामीसँग कुनै पहिचान नै छैन । नेपालमा सामुदायीक पहिचानको कुरा जोडतोडका साथ उठ्ने गरे पनि राष्ट्रिय पहिचान नै संकटमा पर्न थालेको छ ।’
टोपीले सिंगो नेपालको प्रतिनिधित्व गर्ने अभियानको ठहर छ। टोपीको माथिल्लो भागको चुचुरोले हिमालको प्रतिनिधित्व गर्ने, बीचको भिरालो भागले पहाडको प्रतिनिधित्व गर्ने र सवैभन्दा मूनिको समथर भागले तराईको प्रतिनिधित्व गर्ने भएकाले नेपाली टोपीले सबै जाति तथा क्षेत्रको प्रतिनिधित्व गर्ने बताएको हो । टोपी दिवसको लागि यस बर्षको नारा “हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान” तय भएको छ । यस बर्षको कार्यक्रम अन्तर्गत आगामी आइतवार अर्थात १ जनवरीका दिन राजधानीको माइतीघर मण्डलामा विहान ७ बजे भेला भएर प्रभातफेरी कार्यक्रम गर्ने संयोजक श्रेष्ठले बताए ।
त्यस दिन देशभर नै यी र यस्तै प्रवद्र्धनात्मक कार्यक्रम आयोजना हुने अभियानले जानकारी दिएको छ । त्यस्तै प्रवासमा रहेका नेपालीहरुले विविध कार्यक्रम आयोजना गर्ने भएका छन् । अभियानले प्रबर्दनात्मक कार्यक्रम अन्तर्गत प्रभातफेरीसँगै नेपाली टोपीमा सजिएर सामाजिक सञ्जालहरुमा आफ्नो फोटो राखेर यो दिवस मनाउन पनि सम्पूर्ण नेपालीमा अपिल गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार