छोरीहरूबीच सम्पत्ति विवादले तीन दिनपछि दाहसंस्कार

२०७३ पुष ५ गते, मंगलवार

काठमाडौं, ५ पुस । छोरीहरूबीच सम्पत्ति कसले खाने भन्ने विवादका कारण एक वृद्धको मृत्यु भएको तीन दिनपछि मात्रै दाहसंस्कार भएको छ । शुक्रबार साँझ मृत्यु भएका पर्सा धोरेका झक्कु सहनीको सोमबार प्रहरीको दबाबमा दाहसंस्कार भएको हो ।
सम्पत्तिका विषयमा सहनीका छोरीहरु उमादेवी र सिन्धुदेवीबीच सम्पत्तिको विषयमा विवाद भएको थियो । दुवै बिबाहित छोरीहरुलाई बाबु सहनीले मृत्यु हुनुअघि आफ्नो जग्गा भाग लगाइदिएका थिए। तर, बाबुले भाग लगाइदिएको जग्गा चित्त नबुझेपछि उनीहरु झगडामा उत्रिएका थिए । सहनीका दाजुभाइपट्टिका छोराहरुले पनि दाहसंस्कार खर्चबापत सम्पत्ति नपाएसम्म शबमा दागवत्ती नदिने अडान लिएका थिए ।- अन्नपूर्ण पोस्ट दैनिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु