यातायात ब्यवसायीद्वारा मनोमानी भाडा असुली

२०७३ कार्तिक ४ गते, बिहीबार

काठमाडौँ, ४ कात्तिक । पाँचथरमा यातायात ब्यवसायीहरुले दशैं सकिएर घर तथा कार्यक्षेत्र फर्कने यात्रुहरुबाट मनोमानी भाडा असुली गर्न थालेका छन् । जिल्लामा भाडादर निर्धारण भएपनि अहिलेसम्म तोकिएको भाडादर कार्यान्वयन नगरी मनोमानी भाडा असुली गर्ने गरेको यात्रुहरु वताउँछन् । मेची राजमार्गको पाँचथर सदरमुकाम फिदिम देखि झापाको विर्तामोड सम्मको भाडा जिपमा ५ सय र वसमा ४ सय ५० रुपैया तोकिएपनि यातायात व्यावसायी र सवारी चालकहरुले भने ७ सय देखि १ हजार रुपैंया सम्म भाडा लिँदै आएका छन् । यात्रुको चाप अनुसारको सवारी साधनहरु नहुँदा यात्रुहरु झुण्डिएर र कोचाकोच गरेर यात्रा गर्न वाध्य छन् । मनोमानी ढंगबाट भाडा असुली रहँदा पनि सम्वन्धित निकायहरु भने मौन छन् । यस्तै जिल्लाको ग्रामिण भेग झन् मनलाग्दो भाडा नदिए सवारी साधानमा चढ्नै नदिने गरेको यात्रुहरु वताउँछन् ।
यसैविच पाँचथरका प्रमुख जिल्ला अधिकारी किरण थापाले भने यसबारे चाँडै अनुगमन गर्ने बताए ।

प्रतिक्रियाहरु