बाढी पीडितलाई १५ हजार दशैं खर्च

२०७३ आश्विन १७ गते, सोमबार

काठमाडौं, १७ असोज । प्युठानका बाढी पीडितहरुले दशैं खर्चवापत् १५ हजार पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्युठानको लुङ पुगेर बाढी पीडितलाई दशैं खर्चवापत् १५ हजार दिने घोषणा गरे अनुरुप उनीहरुले उक्त रकम पाएका हुन् । असोज १५ गते प्रधानमन्त्री प्युठान पुगेर बाढी पीडितलाई भूकम्प पीडित सरह राहत रकम दिने र तत्कालका लागि १५ हजार दशैं खर्च दिने घोषणा गरेका थिए ।

प्रतिक्रियाहरु