चिकित्सक सङ्घको अध्यक्षमा डा. श्रेष्ठ

२०७३ भाद्र २७ गते, सोमबार

काठमाडौँ, २७ भदौ । नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी भएका छन । उनले एक हजार ६५२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी डा रमेश ढकालले एक हजार १३२ मत प्राप्त गरेका छन । यसअघिका निर्वाचनमा जस्तै यस पटक पनि काँग्रेस निकट प्रजातान्त्रिक समूहले एक कोषाध्यक्ष पदबाहेक अन्य सबै पदमा विजय प्राप्त गरेको छ ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा डा ढुण्डिराज पौडेलले एक हजार ६१७ मत प्राप्त गर्दै विजयी भएका छन भने उनका प्रतिस्पर्धी डा सन्तोष पौडेलले एक हजार १०७ मत प्राप्त गरेका छन ।
उपाध्यक्षमा डा मुकुन्द दाहालले एक हजार ५०९ मत प्राप्त गरी विजयी भएका छन भने उनका प्रतिद्वन्द्वी डा शिवेन्द्र झाले एक हजार १५१ मत प्राप्त गरेका छन ।
महासचिवमा डा लोचन कार्की विजयी भएका छन । उनले एक हजार ३०० मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धीद्वय डा अजयकुमार मिश्रले ७१८ र स्वतन्त्र उम्मेदवार डा पुष्पमणि खरालले ७१२ मत प्राप्त गरेका छन ।
त्यसैगरी कोषाध्यक्षमा भने समावेशी समूहका डा रक्षा श्रेष्ठले एक हजार ४३९ मत प्राप्त गरी विजयी भएका छन । सहसचिवमा डा अभिमन्यू झा , सहकोषाध्यक्षमा डा प्रकाश बुढाथोकी र सदस्यमा डा सञ्जीव तिवारी, डा शैलेश प्रधान, डा अनिलविक्रम कार्की, डा कृष्ण पौडेल, डा विश्वराज दवाडी र डा बद्री रिजाल निर्वाचित भएका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु