सुनको भाउ बढ्यो

२०७३ भाद्र २२ गते, बुधबार

काठमाडौं, २२ भदौ । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै आज नेपाली बजारमा सुनको भाउ तोलामा ६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुनको भाउ तोलाको ५९ हजार १ सय रुपैयाँ तोकेको जनाएको छ । मंगलबार तोलाको ५८ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर ८ सय ९० रुपैयाँ तोकेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावले स्थानीय भाउमा प्रभाव पार्ने गर्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु