एम्बुलेन्स सेवा बन्द

२०७३ भाद्र ३ गते, शुक्रबार

काठमाडौ, ३ भदौ । संखुवासभामा सडक हिलाम्मे भएपछि एम्बुलेन्स सेवा बन्द भएको छ । सडक हिलाम्मे भएपछि बिगत दुई महिनादेखि ६ वटा एम्बुलेन्स सेवा बन्द भएका हुन् । चैनपुरबाट तेह्रथुमको बसन्तपुरसम्मको करिब ५० किलोमिटर कालोपत्रे सडक हिलाम्मे बनेपछि संखुवासभा सदरमुकाम खाँदबारी, चैनपुर र वानामा रहेका ६ वटा एम्बुलेन्स सेवा प्रयोगविहीन बनेका हुन् । एम्बुलेन्स सेवा बन्द भएपछि बिरामीलाई उपचारका लागि स्टेचर र डोकोमा बोकाएर अस्पताल लैजानुपर्ने बाध्यता छ । हिउँदको समयमा ७ घण्टामा खाँदबारीबाट धरान पुग्ने एम्बुलेन्सलाई अहिले २४ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।

प्रतिक्रियाहरु