साउदीको जेलमा रहेकालाई जेलमुक्त गर्न आग्रह

२०७३ भाद्र २ गते, बिहीबार

काठमाडौं, २ भदौ । साउदी अरबको जेलमा रहेका सातजना नेपालीलाई जेलमुक्त गर्न उनीहरुका आफन्तहरुले आग्रह गरेका छन् । ‘ब्लड मनी’को अभावमा उनीहरुलाई जेलमुक्त गर्न नसकिएको भन्दै आफन्तजनले सहयोग गर्न सरकारसँग आग्रह गरेका हुन् । आफन्तहरुले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरु निर्दोष भएको दाबी गर्दै नेपाल फर्काउने वतावरण बनाइदिने आग्रह गरे । आफन्तहरुले त्यहाँको अदालतले फैसला गरेअनुसार ब्लड मनी बुझाउन नसक्दा उनीहरुले जेलजीवन भोग्नुपरेको दाबी गरे ।
झापाका मदन लिम्बू तनहुँका धनबहादुर थापामगर, मोरङका भीमबहादुर दाहाल, सिरहाका सुरेश मण्डल, धनुषाका सन्जीब यादव, सर्लाहीका विष्णुहरि पाण्डे, काभ्रेका रामचन्द्र तिमिल्सिना ब्लड मनी बुझाउन नसक्दा लामो समयदेखि साउदी अरबको जेलमा यातना भोगिरहेका छन् । त्यहाँको अदालतले उनीहरुलाई विभिन्न अभियोगमा दोषी ठहर गर्दै ब्लड मनीको फैसला गरेको हो । ब्लड मनी बुझाउन नसक्दा त्यहाँको कानुनअनुसार उनीहरुलाई फाँसीसम्मको सजाय हुनसक्ने उनीहरुका आफन्तले जानकारी गराएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार

किसानका लागि आइपिएम पाठशाला

२०८१ बैशाख १९ गते, बुधबार