मध्यवर्ती सामुदायिक वन घोषणा

२०७३ श्रावण ३१ गते, सोमबार

काठमाडौँ, ३१ साउन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ७६२ वनलाई निकुञ्जको मध्यवर्ती सामुदायिक वनको रुपमा घोषणा गरेको छ । विभागका प्रवक्ता किशोरकुमार मेहताले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रको संरक्षण र सम्बद्र्धनका लागि मध्यवर्ती सामुदायिक वन घोषणा गरेको बताए । उनले भने , “मध्यवर्ती क्षेत्रको वनको संरक्षण र सम्बद्र्धन स्थानीय जनताबाट हुने र त्यसको फाइदा पनि स्थानीय जनताले लिन पाउँछन् ।”
अरु सामुदायिक वन विभागले हेर्ने गरे पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रको मध्यवर्ती सामुदायिक वन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हेर्ने गरेको छ ।
सबैभन्दा धेरै ११७ मध्यवर्ती सामुदायिक वन अपि नाम्पा संरक्षण क्षेत्रमा रहेको छ भने सबैभन्दा कम एकवटा मध्यवर्ती सामुदायिक वन कृष्णसार संरक्षण क्षेत्र रहेको छ ।
जसमा चितवन राष्ट्रिय निकुञ्ज ७२, बर्दिया राष्ट्रिय निकुञ्ज ११०, लाङटाङ राष्ट्रिय निकुञ्ज ८३, सगरमाथा राष्ट्रिय निकुञ्ज ९, से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज २४, मकालु बरुण राष्ट्रिय निकुञ्ज ८३ रहेका छन् ।
यसैगरी खप्तड राष्ट्रिय निकुञ्ज ३०, रारा राष्ट्रिय निकुञ्ज ४१, बाँके राष्ट्रिय निकुञ्ज ७१, पर्सा राष्ट्रिय निकुञ्ज ४१, शक्लाफाँटा वन्यजन्तु आरक्ष ३७, कोसी टप्पु वन्यजन्तु आरक्ष २०, कञ्चनजङ्गा संरक्षण क्षेत्र ३० र कृष्णसार संरक्षण क्षेत्रमा एक मध्यवर्ती सामुदायिक वन रहेको छ ।
विभागले हाल १३ वटा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष र तीन संरक्षण क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार