टर्कीमा फाँसीको सजाय लागु हुने सम्भावना

२०७३ श्रावण २४ गते, सोमबार

काठमाडौं, २४ साउन । टर्कीमा फेरि फाँसीको सजायँ लागू गर्ने सम्भावना बढेको छ । गत महिना गरिएको असफल सत्ता पलटको विरोधमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति रिसेप तैयप अर्दोआनले संसद र जनताले समर्थन गरे मृत्युदण्डको सजायँलाई फेरि बहाली गर्ने बताएका हुन् । लाखौं जनता सहभागि र्‍यालीलाई विपक्षी नेताहरुले पनि एकसाथ सम्बोधन गरेका छन् । टर्कीमा १५ जुलाईमा केही सैनिकले अर्दोआनको सत्ताविरुद्ध कू को असफल प्रयास गर्दा २७० जनाभन्दा बढी मारिएका थिए । कू को प्रयास असफल भएपछि सरकारले यसमा संलग्नहरुमाथि कडाभन्दा कडा कारवाही गरिरहेको छ । अमेरिकामा रहेका धर्मगूरु फतेहुल्लाह गुलेन यस षडयन्त्रमा संलग्न रहेको भन्दै उनका हजारौं समर्थकलाई हिरासतमा लिइएको छ ।
यद्यपि, गुलेनले यो आरोप अस्वीकार गर्दै आएका छन् । गुलेनलाई टर्की ल्याएर कार्वाही गरिने दावी सरकारले गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु