प्रचण्ड किन दिन प्रति दिन कुरा फेर्छन् ? – हस्तवहादुर केसी

२०७३ असार २७ गते, सोमबार

आजको नेपालको राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष सबैभन्दा बढी कुरा फेर्ने,आज एउटा कुरा गर्ने, भोली अर्को कुरा गर्ने, भरखरै एउटा कुरा गर्ने, एकछिन फेरी पल्तिर पुगेर अर्को कुरा गर्ने र समग्रमा अडान नभएका कुरा फेर्ने नेताका रुपमा एक नम्वरमा गणना भएका छन् त ?
यस बिषयमा ब्यापक चर्चा हने गरेका छन् किन होला त ?
प्रचण्डले छिनछिनमा कुरा फेर्ने का पछाडि मुख्य गरी ३ वटा कारणहरु रहेका छन् जो यस प्रक्रियामा छन् :-
१) प्रचण्डसंग कुनै पनि विचार छैन। विचारविनाको मान्छेसंग आफ्नो भन्ने कुनै चीज हुदैन, त्यसो भएर ऊ जथाभावी रुपमा मनपरी ढंगले , वेठेगानसंग बोल्ने गर्दछ। अत: प्रचण्डसंग कुनै पनि विचार नभएकाले उनको बोली ठेगान छैन। र उनले पटक पटक कुरा फेर्ने हिड्छन्। वितारविहिनताको बाध्यता हो प्रचण्डका लागि।
२) प्रचण्डले दश वर्षे जनयुध्द को नेतृत्व गरेर आएका हुन । उनले शान्ति प्रक्रियामा आएपछि पछि युध्द लडेर आएका आफ्ना सवै साथी भाइहरुलाई छोडेर कांग्रेस , एमाले र पुराना दरवारीयाहरुलाई आफ्ना नजिक साथी भाई बनाउन पुगे । उनले क्रान्ति छोडे, वर्ग छोडे,माओवादी सकेका शत्रनलाई बुझाए, जनमुक्ति सेना बुझाए, हतियार बुझाए, चुनावमा गए उनको पार्टीको सर्वनाक हार भयो , सबैले पत्याउन छाड , तर उनलाई मैले भनेका कुरा सबैले पत्याउनु पर्दछ, मान्नु पर्दछ भन्ने लाग्द छ तर कोहिले नपत्यायी दिद् उनि आत्तिन्छन् र हावैपिछ कुरा फेर्ने गर्दछन् ।
३) प्रचण्डले वर्ग छोडे, वर्गमित्र छोडे र वर्गशत्रनका रुपमा रहोका कांग्रेस,एमाले र पुराना दरवारीयाहरुलाई आफ्नो मित्र बनाएर काँधमा काँध मिलाएर हिड्न चाहन्छन्, हिडि पनि रहेका छन् ,तर उनिहरुले प्रचण्डलाई आफ्नो साथी नै बनाई सकेका छैनन् र उनलाई पत्यीउदैनन् र उनका कुरा खाइदिदैनन्, उनले बोलेका कुरा लागु हनदैनन्, अनि प्रचण्ड आत्तिन्छन् र कुरा फेर्ने खेलमा लाग्द छन् बस प्रचण्डले कुरा फेर्नका मुख्य यी ३ कारण हुन् ।

प्रतिक्रियाहरु