व्यक्तिले पनि सञ्चय कोषमा रकम जम्मा गर्न पाउने !

२०७३ जेष्ठ ३१ गते, सोमबार

काठमाडौ, ३१ जेठ । कर्मचारी सञ्चय कोषले नयाँ कार्यक्रम अघि बढाउन लागेको छ । सो कार्यक्रम लागू भएपछि स्वरोजगारी गर्ने व्यक्तिले पनि सञ्चयकोषमा रकम जम्मा गर्न पाउने छन् । कुनै संघसंस्थामा आबद्ध नभई आफ्नै व्यवसाय गरिरहेकालाई लक्षित गरी सो कार्यक्रम ल्याउन लागिएको सञ्चय कोषको भनाई छ । कर्मचारी सञ्चय कोष ऐन २०१९ संशोधन गर्दै सरकारी र नीजि क्षेत्रमा संस्थागत रुपमा काम गरिरहेका बाहेक स्वरोजगारले पनि सञ्चय कोषमा रकम जम्मा गर्न पाउने छन् ।
संसदको अर्थ समितिमा अहिले छलफलको क्रममा रहेको ऐन संशोधन विधेयकमा यो थप व्यवस्था गरिएको छ । यो विधेयक संसदबाट पारित भएपछि स्वरोजगारहरुले पनि संचय कोषमा रकम जम्मा गर्न सक्नेछन् । विधेयकमा गरिएको स्वरोजगारको परिभाषाअनुसार आफ्नै व्यवसाय गरिरहेका इन्जिनियर, चिकित्सक, कानुन व्यवसायीलगायतले कोषमा रकम जम्मा गर्न सक्नेछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु