राहात बिक्रि गर्नेलाई जनही ५० हजार जरिवाना

२०७३ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौँ, २८ जेठ । जिल्ला अदालत काभ्रेले गत बर्ष बैशाख १२ गते भुकम्प पछि पिडितहरुका लागि आएको राहात बिक्रि गर्दै हिडेको अबस्थामा पक्राउ परेका नेपालि कांग्रेसका कार्यकर्तालाई जनही ५० हजार जरिवाना गर्ने फैसाला गरेको छ । राहात बिक्रिको आरोप लागेका ६ जनामा तिन जनाले माफी पाएका छन् भने बाकिलाई जरिवाना तोकिएको छ । जिल्ला अदालत काभ्रेका श्रेस्तेदार कृष्णप्रसाद अधकारिका अनुसार जिल्ला न्याधिश लेखनाथ ढकालको इजालासले राहत विक्री कार्यमा सामेल भएकालाई कालोबजारी तथा अन्य केहि सामाजिक अपराध मुद्धामा फैसला सुनाएका हुन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका उक्त मुद्धा नया सम्बिधानसगै जिल्ला अदालतमा २०७२ साल मंसीर १७ गते पठाइएको थियो । जिल्ला प्रशासन कार्यालयमा असार १७ गते सरकारी वकिलको कार्यालय मार्फत उक्त मुद्धा दर्ता गरिएको थियो । पक्राउ परेका सबैलाई प्रसासनले धरौटिमा छाडने आदेश दिएको थियो । चौबास गा. बि.स वडा न .५,६,७ मा ना. ३ ख ५६१५ नम्बरको ट्रकमा लागेको ३० किलो तौलको २ सय बोरा चामल , ५० किलोको ५ बोरा नुन, २ सय कार्टुन चाउचाउ, १ सय बिरा २० किल्को चिउरा र १ सय ८० थान ब्ल्यांकेट मध्ये केहि बिक्रि गरिरेखेको र किही लुकी राखेको अबस्थामा प्रहरीले फेला पारेको थियो । अदालतले आरोपी कृष्णप्रसाब चौलागाई , गुण प्रसाद चौलागाई र कान्छी तामाङ्गलाई सफाई दिएको छ भने सुर्यबहादुर तामाङ्ग , जितमान तामाङ्ग र केबल लामालाई ५०/५० हजार जरिवानाको फैसला गरेको हो । त्यस्तै ठुली लामालाई २५ हजार जरिवानाको फैसला सुनाएको छ । जिल्ला दैविक प्रकोप उद्धार समितिमा दर्ता गरेर सिधै नेपाल खाध्य सस्थाबाट कोशिपारिको चौबास गा.बि.स.मा लगिएको राहतको चामल तथा अन्य खाद्यान्नहरु कांग्रेसका कार्यकर्ताले लुकाएर बिक्रि गर्ना लाग्दा स्थानिय बासिन्दाको सुचानाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु