२५ वर्षभित्र देशलाई संसारकै धनी बनाउँने बाबुरामको उदघोष

२०७३ जेष्ठ २३ गते, आईतवार

काठमाडौँ, २३ जेठ । डा बाबुराम भट्टराईले २५ वर्षमा नेपाललाई विश्वकै धनी देश बनाउने लक्ष्य रहेको बताएका छन् । नयाँ शक्ति नेपालको ठिमीमा औपचारिक पार्टी घोषणाका सन्दर्भमा आयोजित अन्तरक्रियामा बोल्दै बाबुरामले भने, ‘दश वर्षभित्र गरिबी र बेरोजगारी अन्त्य, १५ वर्षभित्र विकसित देश र २५ वर्षभित्र संसारकै धनी बनाउने लक्ष्य रहेको छ ।’ बाबुरामले यो सब यही पुस्ताले गर्नुपर्ने समेत बताउँदै प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने समेत बताएका छन् । ‘यो हाम्रै पालोमा हुनुपर्छ, त्यसका लागि स्थायी सरकार र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ,’ बाबुरामले भने ।
त्यस्तै डा. भट्टराईले नयाँ संविधानलाई सबैले स्वीकारेर कार्यान्वयनको बाटामा लाग्नुपर्ने समेत बताएका छन् । उनले नयाँ संविधानमा रहेको अपूर्ण विषयलाई पूर्णता दिँदै कार्यान्वयनको पक्षमा सबैलाई लाग्न आग्रह गरे । मधेसी, आदिवासी, जनजाति, महिला र गरिब वर्गको अधिकारलाई संविधान संशोधन मार्फत पूर्णता दिएर संविधानको कार्यान्वयनको बाटामा लाग्नुपर्ने उनको भनाइ थियो । उनले भारत र चीन बीचमा नेपालले गतिशील पुल बनेर सन्तुलित सम्बन्ध राखी राष्ट्रिय स्वाधीनता र सार्वभौम सत्ताको रक्षा गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

ब्रोकर कमिशन घट्ने

२०८१ बैशाख २४ गते, सोमबार