लागूऔषधसहित दुई जना पक्राउ

२०७३ जेष्ठ २२ गते, शनिबार

काठमाडौं, २२ जेठ । सुनसरी जिल्लाको हरिपुर गाविस ७ पूर्वी टोलियाबाट जेठ २१ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको भरौल १ वस्ने २१ वर्षिय अजय राई र २१ वर्षिय घनश्याम दाहाल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
एपीएफ टोलीले त्यसठाउँमा जाँच गर्ने क्रममा निज राईको साथबाट १ सय ४० वटा नाइट्रोजन ट्याब्लेट र दाहालको साथबाट ३ वटा फेनारगन एम्पुल फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

ब्रोकर कमिशन घट्ने

२०८१ बैशाख २४ गते, सोमबार