हामी भारत बिरोधि होइनौ , उसको हस्तक्षेप पनि सहन्नौ – शोभा गजुरेल

२०७३ जेष्ठ १८ गते, मंगलवार

नेपाली कहिले भारत बिरोधि होइनन र हुने पनि छैनन् । नेपाली देश प्रेमी हुन् । त्यसैले कसैले उसको स्वभिमानमा ठेस पुर्यायो भने नेपालीले कहिले सहने छैनन् । यो विश्वसामु छर्लङ भएको बिषय हो । बिर गोर्खाली कहिले झुकेनन् , रगतको बलिदान दिए नेपालीले तर आफ्नो शिर कहिले झुकाएनन । बिश्वका हरेक ठाउमा बिर सेनानीको ताज पहिरिएका नेपाली आफ्नो देशको भुमि अतिक्रमण कसरी सहन सक्छन ? नेपालीलाई आफ्नो देशको नियम कानुन , संबिधान आफैलाई बनाउने हक छ । त्यसमा भारतको हस्तक्षेप नेपाली किन सहन्छन् ? सरल स्वभाबका कारण हामी सब सग मिल्न सक्छौ । त्यसैले चीनसंग पनि हामी व्यापार विस्तार गर्न अगाडी बढ्छौ । त्यसमा भारतको टाउको किन दुख्ने ? हामी ग्राहक हौ, हाम्रो अधिकार हो, जहाँ राम्रो सस्तो मिल्छ त्यहि किन्ने छौ । अनि किन भारतलाई यसमा टाउको दुख्ने ? हामी नेपाली दाजुभाई हौ, आफ्नो घरमा आफै लड्छौ । हामीलाई थाहा छ हाम्रो समस्या । आफ्नो मातृभुमिमा जन्मिएका हामी आफ्नी नेपाल आमाको रक्षा गर्दै , आफ्ना आफ्ना अधिकार प्राप्त गर्न झगडा पनि गर्छौ अनि आफै मिल्छौ पनि । त्यसको लागि भारतलाई चिन्ता किन बढ्नु पर्ने ? मदेश ,पहाड ,हिमाल , तराइ हामी सबै दाजु – भाई , सस्कृतिका धनि हामी धेरै भाषा जाति छौ । हामीलाई फुटाउने कोसिश नगर्नु हामी सबै यौटै नेपाल आमाका सन्तान हौ । लड़छौ, झगड्छौ , त्यसैमा हामी आफ्नो माया देखाउछौ । आफ्ना -आफ्ना अधिकार खोज्छौ अनि आफै आफ्नो समस्या मिलाउने पनि छौ । तराईमा हुरी आए पहाडले छेक्नु पर्छ , पहाडमा पहिरो गए तराईले रोक्नु पर्छ । हामी सबै एक छौ पर्दा सधै साथ छौ , हिमालकाका झरनाबाटै तराई सिच्छौ हामी । तराईका अन्न लगी पहाडमा खान्छौ । हामी हाम्रो संबन्ध नङ र मासु जस्तो छ । हामी एकपल पनि एक अर्का बिना बाच्ने सम्भावना नै छैन । अनि यसमा भारतले बोल्नु पर्यो किन ? खुल्ला सिमानाका कारण हजारौ नेपालीले भारतका भूमिमा आफ्नो पसिना बगाएका छन् भने हजारौ भारतीय पनि नेपाली भुमि मा काम गर्छन , त्यसलाई कसैले रोक्न सक्दैन । त्यो जनताको अधिकारको कुरा पनि हो । तर अर्को देशमा गएर काम गर्दैमा नागरिक नै माग्ने यो सम्भब कहाँ छ ? भारतीयलाई काम गर्न कसले रोकेको छ ? तर अर्को राष्ट्रको नागरिकले नेपाल चलाउन चाहना राख्छ भने यो स्वाभिमानी नेपालीलाई कसरि मान्ने हुन्छ र ? नेपाली भारत बिरोधि होइनन , तर अन्याय बिर नेपालीले कहिले सहन्नन् । नेपाली भारतका दुस्मन होइनन तर भारतको हस्तक्षेप कहिले सहन्नन । नेपाली मिलनसार छन । चीनसँग पनि छिमेकीको सदभाब राख्नु आफ्नो कर्यब्य ठान्छन । कसैसग नराम्रो गर्ने नेपालीको बानी छैन , सबैलाई मित्रताको हात बढाउने नेपाली हामी विश्वसामु इमान्दारको नामले चिनीएका छौ । आफ्नो स्वाभिमान बेच्दैनौ , हामी त्यसैले आफ्नो सिमा मिच्न भने कसैलाई दिने छैनौ । चिनपनि हाम्रो छिमेकी ,भारतपनि छिमेकी दुबैलाई हामी सहयोग अबस्य गर्नेछौ । भारतीय जनताको दुख्खले पनि हाम्रो दिल रुन्छ। चिनलाई पनि हाम्रो सहयोग हुन्छ, हाम्रो देशको निर्माण हामी आफै गर्ने छौ । तर सबैको सहयोग लिने र दिने यो नियमलाई पनि हामी निरन्तरता दिनेछौ । प्राकृतिक प्रकोपको भयानक कस्टबाट हामीलाई माथि उठ्न धेरै कठिन भयो । त्यसैले हामी सबैको सहयोग चाहन्छौ , तर सहयोगको नाममा हाम्रो मातृभूमिको बिखन्डन गर्न कोहि चाहन्छन् भने त्यसको हामी नेपाली सदै तिरस्कार गर्ने छौ । विश्वले हामीलाई चिन्ने पहिलो कुरा नै बहादुर नेपाली , गोर्खालीका नामले चिनिएका हामी निडर र साहसी अनि कसरी हेर्न सक्छौ । हामी आफनी धर्ति माताको इज्जत लुटेको हाम्रा सिमास्तम्ब सारेर हाम्रो जमिनमा अर्काको झन्डा गाडेको सहन सक्दैनौ । मित्रताको हात बढाई मित्रतामा लुट भएको सहन सक्दैनौ । हामी भारतको सत्रु होइनौ तर त्यो हामी कसरी सहौ सक्दैनौ । मित्रले त मित्रताको हात बढाउछ सक्दैनौ । उसको दुख्खमा लुट्ने दाउ होइन सक्दैनौ , उसलाई मद्घत गर्छ सक्दैनौ । फाईदाको जालो ओछ्याउने असल छिमेकी होइन , उसले त निस्वार्थ छिमेकीको भूमिका निभाउन सक्नु पर्छ । छिमेकीको बिनाश र कस्टकर जिबनलाई सहयोगको हात बढाउनु छिमेकी हुनुको दायित्व भित्र पर्छ । छिमेकीको सिमा मिच्ने कदापि असल छिमेकी हुन् सक्दैन । हामीलाई स्वतन्त्रताको अर्थ थाहा छ , हामी कसैसग दबिएर बस्दैनौ । यो छिमेकीले बुझे हुन्छ । न हामी भारतका बिरोधि हौ , न चिन कै गुलामी गर्छौ । जो हाम्रो हितका लागि सोच्छ त्यही हो हाम्रो छिमेकी । जसले हाम्रो देशलाई निस्वार्थ माया गर्छ उसकै बन्छौ हामी साथी । हामी गर्दैनौ कसैसग दुस्मनी , तर हामीलाई हेप्न खोज्छ कसैले भने बस्दैनौ हामी सहनशील बनि । मायाको बदलामा दिन्छौ ज्यान तर कसैले हामीलाई लुट्न खोज्छ भने हामी प्रतिकार गर्न पछि हट्दैनौ । भुगोलका दृष्‍टिले , हिमाल , तराई ,पहाड , बन जङलका धनी हामी हरेक कुरामा निपूर्ण छौ । स्वाभिमान हाम्रो सबैभन्दा अटल र प्रिय बानी हो । प्राकृतिक स्रोत साधन , बन्यजन्तु सबै हिसाबले हामी सम्पन्न छौ , हामी केहीमा कमी छैनौ । अनी यो भारतको हेपाहा प्रवृति हामीलाई कसरी मान्य हुनसक्छ ? हामी भारतका दुस्मन कहिले बनेनौ बन्ने पनि छैनौ , तर हाम्रो देशलाई अफ्ठ्यारो पार्ने काम भए हामी कहिले पनि सहने छैनौ । यो कुरा हाम्रो दुवै छिमेकीले बुझ्न जरूरी छ । ( हाल -फ्रान्स )

प्रतिक्रियाहरु