मूख्य समस्यालार्इ धुरीमा राखेर दृष्टिकाेण बनाउनु पर्छ – भरत दाहाल

२०७३ जेष्ठ ३ गते, सोमबार

अान्दाेलनका मूल्य मान्यताहरू हुन्छन्, त्यसकाे अाैचित्यलार्इ हेर्ने मापदण्ड हुन्छ। अंशकाे झगडा पर्याे भन्दैमा बाबुकाे हत्या गरेर सम्पत्ति हत्याउने प्रयास कुनै पनि काेणबाट उचित हुँदैन। नेपालकाे संकटका सूत्रधार विदेशी शक्तिहरू हुन् भन्ने तथ्य कसैले लुकाएर लुक्न सक्ने अवस्थामा छैन। साम्राज्यवादीहरूकाे अभिष्ट के हाे भन्ने वास्तविकता पनि रहस्यकाे विषय रहेकाे छैन। नेपालकाे गाेलचक्करकाे कारण वैदेशीक हस्तक्षेप हाे। नेपालकाे संकटकाे जड नव अाैपनिवेशिकता हाे। यस मानेमा नेपालकाे स्वाधिनताकाे सर्त दुष्ट विदेशी शक्तिहरूकाे प्रभुत्वकाे अन्त्य हाे। जसले याे तथ्य लुकाएर अधिकारका नाममा विदेशी बाेक्ने काम गरेका छन्, ती देशद्राेहि दलालहरू हुन्। विदेशी उक्साहट र पैसामा चल्नेहरू शत्रुका मतियार हुन् भन्न हिच्किचाउनु हुँदैन।
कुनै ङटनालार्इ हेर्ने मापदण्ड कस्ताे हुन्छ ? यसबारे एउटा राेचक प्रसंग छ। सन् १९०५ तिर फिनलैंडमा ठूलाे जातिय अान्दाेलन थियाे। त्यहाँ सत्तामा राजा थियाे। फिनलैंडकाे मामिलामा बाेल्ने क्रममा लेनिनले राजाकाे पक्षमा बाेले। त्यसबारे बाेल्सेबिक पार्टीमा विवाद भयाे। केहि सदस्यहरूले राजतन्त्रकाे पक्षमा बाेल्नु हुँदैन भन्ने अडान लिएर लेनिनकाे भनार्इकाे कडा रूपमा विराेध गरे।
अन्तमा लेनिनकाे मतमा सबै सहमत भए। लेनिनकाे मत के थियाे भने त्यसबेला यूराेपमा सबैभन्दा ठूलाे समस्याका रूपमा रूसकाे जार थियाे। फिनलैंडकाे जातिय अान्दाेलन जारकाे पक्षमा र राजा जारकाे विराेधि थियाे। जातिय अान्दाेलनलार्इ समर्थन गर्दा साम्राज्यवादी जारकाे समर्थन गर्नु हुन जान्थ्याे, जसले यूराेपकाे अान्दाेलनलार्इ नै प्रतिकृयावादी धारामा लैजान्थ्याे।
याे समग्रलार्इ केन्द्रमा राखेर अंशलार्इ हेर्ने धारणा हाे। जारकाे समर्थनले सिंगाे यूराेपलार्इ प्रभावित पार्थ्याे तर फिनिस राजाकाे समर्थनले बढिमा फिनलैंडकाे मामिलालार्इ असर पार्थ्याे। लेनिनले समस्याकाे मूख्य पाटाेलार्इ ध्यानमा राखेर बाेले। नेपालकाे वर्तमान संदर्भ पनि यहि हाे। नेपाल विघटनकाे षडयन्त्र बाेकेर अाएका विदेशीहरूकाे सहयाेग लिएर जसले अान्दाेलनकाे कुरा गरिरहेका छन्, ती असंदिग्ध रूपमा प्रतिकृयावादी र तिनीहरूकाे अान्दाेलन साम्राज्यवादकाे चाैकिदारी हाे।

प्रतिक्रियाहरु