जगदम्बा इण्डस्ट्रीजमा आगलागी

२०७२ पुष १२ गते, आईतवार

काठमाडौ, १२ पुस । बाराको गढीमाई नगरपालिका–१ सिमरामा रहेको जगदम्बा इण्डस्ट्रीजमा आज बिहान आगलागी भएको छ । बिजुली सर्ट भएर बिहान पौने पाँच बजेभएको आगलागी सवा ६ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खडकाले बताए । उद्योगको जिआई वायर प्लान्टमा आगलागी भएको थियो । वीरगञ्ज तथा हेटौंडाबाट आएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएका हुन् ।
आगलागीबाट फाइबर सिट, जस्तापाता र विद्युतीय तार जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट प्लान्टको मेसिनमा कुनै क्षति नभएको प्रहरी निरीक्षक खडकाले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु