फेरि बढ्यो लोडसेडिङ

२०७२ पुष १० गते, शुक्रबार

काठमाडौँ , १० पुस । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय फेरि बढाएको छ । प्राधिकरणले शुक्रबारदेखि लागु हुने गरी दैनिक एक घण्टाका दरले बढाएर हप्तामा ७७ घण्टा लोडसेडिङ गर्ने भएको छ ।यसअघि हप्ताको ७० घण्टा लोडसेडिङ हुने गरेको थियो । सुख्खायाम लागेकाले नदीमा पानीको स्तर घट्दा उत्पादन पनि कम भएकाले लोसेडिङ बढाउनु परेको प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ । नयाँ तालिका अनुसार हप्ताका सातै दिन दुई समयमा लोडसेडिङ हुनेछ । सबै दिन ११ घण्टा बिजुली आउने छैन ।
सरकारले भारतको नाकाबन्दीका कारण खाना पकाउने एलपी ग्यासको अभाव भएकाले बिहान र बेलुकाको खाना पकाउने समयमा विजुली नकाट्ने भनेको थियो । तर प्राधिकरणले सार्वजनिक गरेको नयाँ लोडसेडिङ तालिकामा भने प्राय सबै दिन बिहान र बेलुका खाना पकाउने समयमानै लोडसेडिङ हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु