मोर्चा कार्यकर्ताद्वारा भारतीय गाडीमा आगजनी

२०७२ पुष ९ गते, बिहीबार

काठमाडौं , ९ पुस । मधेशी मोर्चाका कार्यकर्ताले गएराति रौतहटमा भारतीय गाडीमा आगजनी गरेका छन्। मोर्चाका कार्यकर्ताले गएराति रौतहटको नेपाल भारत सीमासँगै जोडिएको सरमझुवाको बंकुल बजार नजिक बिआर ०१ पीए ६७९८ नम्बरको भारतीय बोलेरो जिपमा आगजनी गरेका हुन्। जिपमा राखेर नेपाली बजारमा ल्याउँदै गरेको ५ सय लिटर डिजलसमेत मोर्चाका कार्यकर्ताहरुले नियन्त्रणमा लिएर आगजानी गरेका छन्। आगजनीबाट बोलेर सजप पूर्णरुपमा जलेको डिएसपी राजेन्द्र पोखरेलले जनाकारी दिए। आन्दोलनकारीले आगजनी गरेको उक्त जिप भारतीय नागरिककै भएको बताइएको छ। आगजनीको खबर पाउनसाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो। तर मोर्चाका कार्यकर्ताहरु आगजनी गर्ना साथ फरार भएको र उनीहरुको खोजी भइरहेको पोखरेलले बताए।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु