बिश्व बजारमा कच्चा तेलको मुल्य ह्वात्तै घट्यो

२०७२ पुष ७ गते, मंगलवार

काठमाडौं, ७ पुस । बिश्व बजारमा कच्चा तेलको मुल्यमा भारी गिरावट आएको छ । सन् २००४ पछि कच्चा तेलमा आएको यो पहिलो गिरावट हो । हाल तेलको मुल्य प्रति ब्यारेल ३६ दशमलव ०५ अमेरिकी डलर कायम गरिएको छ । जबकी गत जुन जुलाईमा प्रति ब्यारेल ३६ दशमलव ५६ अमेरिकी डलर कायम गरिएको थियो । गत वर्ष तेलको मुल्य प्रति ब्यारेल ६० डलर रहेकोमा एक्कासी गिरावट आएको हो । बिश्व बजामा तेलको उत्पादनमा भएको बृद्धीका कारण तेलको मुल्यमा गिरावट आएको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु