मौसमका कारण उडान प्रभावित

२०७२ पुष ६ गते, सोमबार

काठमाडौं, ६ पुस । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने उडानहरु बाक्लो कुहिरो र मौसम धुम्मिएकाले प्रभावित भएका छन् । ‘विहान ६ बजेसम्म भिजिबिलिटी ५ सय मिटर पनि थिएन । विहान १०-११ नबजेसम्म उडान हुन नसक्ने देखिएको छ,’ मौसमविद मिनकुमार अर्यालले बताए । अर्यालका अनुसार हिउँदे झरी विगतका वर्षहरुको तुलनामा ढिला भएकाले पनि चिसो बढेको छ । उनले तत्काल पानी पर्ने सम्भावना नरहेकाले चिसो अझै बढ्नसक्ने बताए ।
‘पश्चिमी वायुको प्रभावले पानी पर्नुपर्थ्यो तर, डेढ महिना ढिला भैसक्यो । पानी नपर्दा मौसम सफा भएन र सूर्यका किरणहरु वायुमण्डलमै छेकिए,’ अर्यालले भने, ‘अझै एक-डेढ हप्तासम्म यस्तै चिसो रहन सक्छ वा यो भन्दा पनि चिसो बढ्छ ।’
अहिले काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस छ । डिसेम्बर २२ तारिकदेखि दिन छोटा हुँदै जाने भएकाले चिसो झन् बढ्ने मौसमविदको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु