जाइका अध्यक्ष कितोका तीनदिने भ्रमणमा नेपाल आउँदै

२०७२ पुष ५ गते, आईतवार

काठमाडौ, ५ पुस । जापानी अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष सिनिची कितोका तीनदिने भ्रमणमा आज आइतबार काठमाडौ आउँदैछन् ।
काठमाडौस्थित जापानी दूतावासका अनुसार भूकम्प प्रभावित क्षेत्रको अवलोकन, पुर्ननिर्माणमा भइरहेको प्रगति तथा जापान र नेपालबीचको समग्र सहकार्य रणनीतिबारे छलफल गर्ने उद्देश्यले जाइका अध्यक्ष नेपाल आउन लागेका हुन् ।
भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री बिजयकुमार गच्छदार, अर्थमन्त्री बिष्णु पौडेल, र राष्ट्रि योजना आयोगका उपाध्यक्ष युवराज खतिवडासंग भेट्ने कार्यक्रम छ ।
भुकम्प प्रभावित सिन्धुपाल्चोकको चौतारा क्षेत्र र भक्तपुरस्थित भुकम्ले क्षति पुर्‍याएको सडकको अवलोकन गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
किताओका गत अक्टोबर १ देखि जाइका अध्यक्ष रहंदै आएका छन् । उनी मंगलबार स्वदेश फर्किनेछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु