बराहा ज्वलेरीको ज्यादति बढ्दै

२०७२ पुष ४ गते, शनिबार

काठमाडौँ । नेपाललगायत विदेशमा समेत नाम कमाएको पुरानो गहना पसल बराहा ज्वलेरीले पछिल्लो समयमा बद्मासी गरेको भन्दै ग्राहकहरुले गुनासो गर्न थालेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा र उपत्यका बाहिर प्रायः सबै प्रमुख सहरहरुमा शाखा रहेको साथै हङकङ, बेलायतलगायतका देशहरुमा समेत शाखामार्फत् कारोबार गर्दै आइरहेको बराहा ज्वलेरीले ग्राहकको मन जित्नुभन्दा ग्राहकहरुलाई चिड्याउने काम गरेको ग्राहकहरुको गुनासो रहेको छ । हाल बराहा ज्वलेरीले गुणस्तरमा ठग्ने गरेको, नापतौलमा समेत ग्राहकरुलाई मर्का पार्ने गरेको, जर्ती र ज्यालाको नाममा ग्राहक ठग्ने गरेकोलगायतका गुनासो व्यापक हुन थालेको छ । बराहा ज्वलेरीको काठमाडौँ न्यूरोडस्थिति पसलमा अहिले दैनिकजसो ग्राहक र ज्वलेरीबीच वादविवाद हुने गरेको एक ग्राहकले बताए । बराहा ज्वलेरीमा मुख्यतः विदेशमा बसेर फर्किएका र लाहुरे परिवारहरु स्थायी ग्राहकको रुपमा चिनिन्छन् तर त्यही आफ्ना स्थायी ग्राहकलाई समेत ज्वलेरीले अहिले प्रत्यक्ष र परोक्षरुपमा ठग्ने गरेको व्यापक गुनासो आउन थालेको छ । यसै विषयमा बराहा ज्वलेरीमा वर्षौंदेखि सुनका गहना खरिदबिक्री गर्दै आएका एक ग्राहक भन्छन्– अहिले बराहा ज्वलेरीमा गुणस्तर र तौलमा ढुक्क भएर कारोबार गर्न सक्ने स्थिति थियो तर, हाल भने त्यस्तो छैन । यस सम्बन्धमा सुधार गर्न अनुरोध गर्दा ज्वलेरीले कुनै चासो नदिएकोले आपूmले उक्त ज्वलेरी पसलमा कारोबार नै गर्न छोडिदिएको बताउँछन् ।

नेपालमा गरगहना बिक्रीमा नाम कमाएको यस बराहा ज्वलेरीको धन्दा भने बुझी नसक्नु भएको स्रोतले बताएको छ । बराहा ज्वलेरीको न्यूरोडस्थिति पसलहरु देखाउन मात्र राखिएको र ज्वलेरी परोक्षरुपमा अन्य धन्दामा नै संलग्न भएको स्रोतको ठोकुवा छ । स्रोतका अनुसार बराहा ज्वलेरीले राजस्व छल्नेलगायत प्रचलित कानुनविपरीतका कार्य पनि गर्दै आएको छ । यस विषयमा हाम्रो खोजखबर जारी रहने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु