नेपाल र चिनबिच ११ बुदे सहमती हुदै

२०७२ कार्तिक १९ गते, बिहीबार

काठमाण्डौ,१९ कात्तिक । नेपाल र चिनबिच आज औपचारीक रुपमा ११ बुदे सहमतीमा हस्ताक्षर हुने भएको छ । आज
बिभिन्न नाकाको ब्यापारीक मार्गमा सहजता र नेपाली बस्तुमा चिनिया पक्षले दिने छुट कार्यान्वय लगायत ११ बुदे सहमतीमा औपचारीक हस्ताक्षर हुने भएको हो । दुइ मुलुकका भन्सार अधिकारीबिच मंगलबार सुरु २८ औ उच्चस्तरीय बार्तामा तातोपानी र केरुङ नाका बाहेक मुस्तान , हुम्लाको एरिङ ,संखुवासभाको किमाथान्का, ताप्लेजुङको ओलाङचुगोला , गोरखाको लार्के , दोलखाको लामाबगरमा र मुगु नाकामा ब्यापारीक मार्ग सहज बनाउने सहमती भएको थियो । चिनले बिभिन्न नेपाली बस्तुलाई भन्सारमा दिदै आएको छुट कार्यान्वयन गर्ने बिषयमा पनि लिखित सहमती हुने बार्ता टोलीका सदस्य एबम भन्सार बिभागका प्रबक्ता सुर्य सेढाइले जानकारी दिए ।
अहिले संचालनमा रहेको रसुवाको केरङ नाकाको स्तरउन्नती सडक मर्मत पछि तातोपानी नाका पनि छिटटै संचालनमा ल्याउने बिषयमा सहमती भएको छ । यस्तै रसुवागढी केरुङ नाकालाई अन्तराष्ट्रिय स्तरको बनाउने दुइ मुलुकबिच सहमती भएको सेढाइले बताए ।
राजधानीको एक होटेलमा साझ ५ बजे हुने सहमती पत्रमा भन्सार बिभागका उपमहानिर्देशक तथा नेपाली बार्ता टोली संयोजक दामोदर रेग्मी र ल्हासा भन्सारका उपमहानिर्देशक लोङ चुङ उले हस्ताक्षर गर्ने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

ब्रोकर कमिशन घट्ने

२०८१ बैशाख २४ गते, सोमबार