पेट्रोल हाल्न टोकन अनिवार्य

२०७२ कार्तिक १८ गते, बुधबार

काठमाडौं, १८ कार्तिक । भोलिबाट वितरण गरिने पेट्रोल पाउन निजी सवारी धनीले पहिले सम्वन्धित पम्पबाट अनिबार्य रुपमा टोकन समेत लिनु पर्ने भएको छ । अघिल्लोपटक धेरै उपभोक्ताले लाइनमा बसेर पनि पेट्रोल नपाएको गुनासो आएपछि नेपाल आयल निगमले यसपटक अनिवार्य रुपमा टोकन बाँड्न पम्पहरुलाई निर्देशन दिएको छ । टोकन नलिएकाहरुले तेल पाउने छैनन् । ‘सबै पम्पमा एकै परिमाणमा तेल वितरण हुँदैन । त्यसैले पम्पले आफूले पाउने पेट्रोलको परिमाणअनुसार चिट वा कुपन बाँड्ने छन्’ आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्माले भने-‘एउटा पम्पमा टोकन नपाए अर्को पम्पमा पुगेर टोकन लिनुस् । टोकन नभए तेल पाइन्न ।’ टोकन लिएकाहरुले भने तेल पाउने आयल निगमले जनाएको छ । सबै सवारीलाई पेट्रोल उपलब्ध गराउने ग्यारेन्टी गर्न नसकिने डिपो प्रमुख शर्माले बताए ।
भोलि बिहिबार १ देखि ३० लटमा दर्ता भएका निजी मोटरसाइकलले पेट्रोल पाउनेछन् । ३० देखि ५० को लटमा दर्ता भएका मोटरसाइकललाई २० गते शुक्रबार र ५० भन्दा माथिका लटका मोटरसाइकललाई शनिबार पेट्रोल बाँडिने छ ।
यसैगरी बिहीबार १ देखि ५ लटका कारले तेल किन्न पाउनेछन् भने शुक्रबार ६ देखि ८ लटका कारको पालो आउनेछ । ८ भन्दा माथिका लटका कारले भने शनिबर पेट्रोल पाउने निगमले जनाएको छ ।
निगमलले टोकन लिएमा देशभर कुनैपनि अञ्चलमा दर्ता भएका सवारीलाई पेट्रोल वितरण गर्ने जानकारी दिएको छ । कारले १० तथा मोटरसाइकलले ५ लिटर पेट्रोल पाउनेछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

ब्रोकर कमिशन घट्ने

२०८१ बैशाख २४ गते, सोमबार