भारतीय सीमानाकामा झन् कडाइ

२०७२ कार्तिक १८ गते, बुधबार

काठमाडौं, १८ कात्तिक । भारतले सीमानाकामा झन् कडाइ गरेको छ । सीमानाकामा कडाइपछि इन्धन बोकेका गाडी नेपाल भित्रिन सकेका छैनन् । रुपन्देहीको बेलहिया र झापाको काँकडभिट्टा नाकाबाट अरु सामान बोकेका केही गाडी नेपाल आएपनि इन्धन बोकेका एउटा पनि गाडी नेपाल नआएको भन्सार कार्यालयले जनाएका छन् ।
नेपालगन्ज, वीरगंज र विराटनगर नाका ठप्प छन् । भारतले सुरक्षाको कारण देखाउँदै मंगलबार दिउँसो ४ बजेदेखि नेपालगन्जको जमुनाह नाकाबाट मालवाहक गाडी नेपाल प्रवेशमा रोक लगाएको छ ।
सोमबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक जनाको ज्यान गएपछि वीरगंजमा अनिश्चितकालिन कर्फ्यु लगाइएको छ । भारतमा भैरहेको चुनावको कारण देखाउँदै विराटनगरको जोगवनी नाका मंगलबार बेलुकदेखि बन्द गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

ब्रोकर कमिशन घट्ने

२०८१ बैशाख २४ गते, सोमबार