पेट्रोल लिन थप २२ ट्याङ्कर केरुङतर्फ

२०७२ कार्तिक १७ गते, मंगलवार

काठमाडौ, १७ कात्तिक । चिनियाँ पेट्रोल लिन थप २२ वटा ट्याङ्कर आज रसुवाको धुन्चेबाट केरुङतर्फ गएका छन । ती ट्याङ्कर आज तेल भरेर साँझसम्म काठमाडौं आउने बताइएको छ । सोमबार बेलुका केरुङमा ३४ हजार लिटर पेट्रोल भरेका तीन वटा ट्याङकर पनि काठमाडौं आउंदैछन् । यसअघि १२ वटा ट्याङ्करमा ल्याइएको १ लाख ३२ हजार लिटर पेट्रोल थानकोट डिपोमा खन्याइएको छ । सोमबार रसुवा भन्सार र नेपाल आयल निगमबीच कुरा नमिल्दा ट्यांकर सोमबार दिनभर रसुवाको टिमुरेमै अड्किएका थिए ।
सरकारले चीनले दिने भनिएको १३ लाख लिटर पेट्रोलकै भन्सार मिलाईसकेकोले अब सीमामा कुनै रोकावट नहुने जनाएको छ । चीनसम्म पुगेर पेट्रोल लिएर आएका चालकले भने नेपालतर्फको बाटो अप्ठेरो भएकाले तत्काल सुधार्न सुझाव दिएका छन् । यसैबीच, नेपाल आयल निगमले लट अनुसार निजी गाडीलाई पेट्रोल उपलब्ध गराउने भएको छ । निगमले बिहीबार १ देखि ३०, शुक्रबार ३० देखि ५० र ५० देखि बाँकी सबै लटलाई शनिबार पेट्रोल वितरण गरिने जनाएको छ । काठमाडौं उपत्यकाका ५० वटा निजी पम्पमार्फत वितरण गरिने पेट्रोल दुई पांग्रे र चार पाँग्रे निजी गाडीले मात्र पाउने छन् । चीनले अनुदानमा उपलब्ध गराएको पेट्रोल आउने क्रममा रहेको र भारतबाट पनि दैनिक केही ट्यांकर पेट्रोलियम पदार्थको आपूर्ति भइरहेकाले निगमले निजी गाडीलाई पनि पेट्रोल बिक्री गर्न लागेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

ब्रोकर कमिशन घट्ने

२०८१ बैशाख २४ गते, सोमबार