४३ ट्यांकर इन्धन भित्रियो

२०७२ कार्तिक ३ गते, मंगलवार

काठमाडौं, ३ कार्तिक । विराटनगरको रानी–जोगबनी नाकाबाट गएरातिसम्ममा पेट्रोलियम पदार्थ बोकेका ४३ ओटा ट्यांकर नेपाल प्रवेश गरेका छन् ।जसमा पेट्रोलका ११ र डिजेलका १९ ओटा ट्यांकर रहेका छन् । त्यसैगरी, १३ ओटा ग्यास बुलेट पनि यो नाका हुँदै नेपाल प्रवेश गरेका छन् ।
यसैगरी, झापाको काँकडभिट्टा–पानी ट्यांकी नाकाबाट सोमबार रातिसम्ममा १ सय ३२ मालबाहक सवारी नेपाल प्रवेश गरेका छन् । जसमा १४ ट्यांकर डिजेल, एक ट्यांकर हवाई इन्धन र दुईओटा ग्यासका बुलेट रहेका छन् । भने नेपालगन्ज–रुपैडिहा नाकाबाट सोमबार रातिसम्ममा जम्मा चारओटा ग्यासका बुलेट मात्रै नेपाल भित्रिएका छन् । अन्य ४२ मालबाहक ट्रक पनि यो नाकाबाट नेपाल प्रवेश गरेका छन् ।
यसैक्रममा भैरहवा–सुनौली नाकाबाट सोमबार दिनभरमा १ सय ८५ ओटा गाडी नेपाल प्रवेश गरेका छन् । यो नाका भएर ९ ट्यांकर डिजेल, २ ट्यांकर पेट्रोल, एक ट्यांकर मट्टितेल र ८ बुलेट ग्यास नेपाल आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु