१० ट्यांकर इन्धन भित्रियो

२०७२ कार्तिक १ गते, आईतवार

काठमाडौं ,१ कात्तिक । बिराटनगर नाका भएर १० वटा इन्धन बोकेका गाडी नेपाल भित्रएका छन् । गएराति डिजेल बोकेका सात वटा र पेट्रोल बोकेका तीन वटा ट्यांकर नेपाल भित्रिएको वीरटनगर भन्सार कार्यालयले जनाएको छ । यस्तै अरु सामान बोकेका दुई सय ७६ वटा गाडी पनि नेपाल भित्रिएका छन् । भारतको अघोषित नाकाबन्दीपछि अरु सामान बोकेका गाडी नेपाल भित्रिएपनि इन्धनका गाडी भने कम मात्रै भित्रिने गरेका छन् । तर भन्सार कार्यालय वीराटनगरले भने लाइनमा भएका गाडीहरु आउने क्रममा नै रहेकोले भारतीय भन्सारबाट कुनै असजिलो नभएको जनाएको छ । कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले वीराटनगर भन्सार कार्यालय सञ्चालनमा कुनै असजिलो नभएको जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु