रसुवागढी नाका खुल्यो

२०७२ आश्विन २८ गते, बिहीबार

काठमाडौ, २८ असोज । रसुवागढी नाका आजबाट औपचारिकरुपमा सञ्चालनमा ल्याइने भएको छ । लामो समयदेखि बन्द रहेको चीनसँग जोडिएको यो नाका नेपाल र चिनियाँ उच्च पदस्थ सरकारी अधिकारीको संयुक्त सहभागितामा आज ९ बजेपछि खुलेको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । भूकम्पबाट क्षति पुगेको नेपाल र चीन दुबैतर्फको सडक सफा गरी सकिएकाले नाका सञ्चालन गर्न लागिएको हो ।
चीनले गत २४ गते नै नाका खोल्ने बताएको भए पनि केरुङदेखि रसुवागढी बीचमा भूकम्पले भत्काएको सडक पुर्नर्निमाणका क्रममा सडक भत्किन जाँदा ढिलाई भएको बताइएको छ । नाका सञ्चालनसँगै चिनियाँ सामानको आयात सुचारु हुने रसुवागढी भन्सार कार्यालयका प्रमुख केदारप्रसाद पनेरुले बताए ।
भारतले अघोषित रुपमा दक्षिण्का नाकामा कडाई गरेपछि झन्डै छ महिनादेखि बन्द रहेको रसुवागढी नाका तत्काल खुलाउन सरकारले पहल थालेको थियो ।
यो नाका भएर स्याउ, रेडिमेट कपडा, व्ल्याङ्केट, घडि, चक्लेट, जुत्ता, चप्पल लगायतका सामाग्री नेपाल ल्याइने छ भने नेपालबाट बिस्कुट, चाउचाउ, मैदा, खुर्सानी र हस्तकलाका सामान चीनतर्फ निर्यात गरिने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु