आजदेखि निजी सवारीले ईन्धन पाउने

२०७२ आश्विन २६ गते, मंगलवार

काठमाण्डौ, २६ असोज । नेपाल आयल निगमले उपत्यकामा आज एक दिनका लागि सबै पम्पबाट निजी सवारी साधनलाई पेट्रोल डिजेल वितरण गर्ने तयारी गरेको छ । उपत्यकामा रहेका बरिब १२५ पम्पले आज दिउँसो १२ बजेबाट निजी सावारी साधनमध्ये मोटरसाईकललाई ५ लिटर र चार पाङग्रे कार , जीप , भ्यान लगायतलाई १५ लिटरका दरले ईन्धन उपलबध गराउन लागिएको हो ।
दशैँमा सवारी साधन चलाउन सजिलो हुने गरी अर्को नहुजेलसम्म निजी सवारीसाधनलाई आज मात्रै ईन्धन उपलब्ध गराईने व्यस्था मिलाईएको बाणिज्य तथा आपुर्ति मन्त्रि शिबप्रसाद त्रिपाठिले जानकारी दिए ।
केही दिन यता भारतबाट पेट्रोलियम पदार्थको आपुर्तिका सम्बन्धमा उहाँले नेपालको भन्सार नाकासम्म पेट्रोलियम पदार्थ सहज रुपमा नआएसम्म आपुर्ति सामान्य हुँदै गएको भन्न नमिल्ने उनले बताए । उपभोक्ताले सवारीसाधनको बिलबुक साथमै लिएर ईन्धन भर्नु पर्ने उनले बताए । उपत्यकाको सामान्य अवस्थामा दैनिक ३ लाख ५० हजार लिटर पट्रोल र ४ लाख ५० हजार लिटर डिजल खपत हुँदै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु