नेपाल चेम्बर एक्स्पो ०७२ असोज २१ देखि

२०७२ भाद्र २९ गते, मंगलवार

काठमाडौं। नेपाली औद्योगिक एंव वाणिज्य क्षेत्रको विकास तथा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनको सहजीकरणका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा नेपाल चेम्बर अफ कमर्सले यहि असोज २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमन्डप प्रदर्शनी हलमा ‘नेपाल चेम्बर एक्स्पो २०७२’ को आयोजना गर्ने भएको छ । हालै गएको विनाशकारी भूकम्पले गर्दा देशको आर्थिक, औद्योगिक तथा व्यापारिक क्षेत्रहरू सुस्ताइरहेको अवस्थामा चेम्बर एक्स्पोले उद्योगी, व्यापारीहरूमा नयाँ उर्जा थप्न सक्ने आयोजकको विश्वास रहेको छ ।
मुलुकको व्यापार घाटा बढ्दै गैरहेको परिप्रेक्ष्यमा निकासी अभिबृद्धि गर्न निकासीयोग्य वस्तुको प्रदर्शनी गरिने र आयात गरिने वस्तुहरूमासमेत आयात व्यवस्थापन हुने दृष्टिले एक्स्पोको महत्वपूर्ण भूमिका रहने चेम्बरको दाबी छ ।
व्यापार प्रवद्र्धन, नेपाली उत्पादनको बजारीकरण तथा अन्तर्राष्ट्रिय व्यापारिक समुदायलाई प्रत्यक्ष सहभागी गराइ आर्थिक सम्भाव्यताको खोजी गर्नु एक्स्पोको प्रमुख उद्देश्य रहेको अध्यक्ष राजेशकाजी श्रेष्ठले उल्लेख गरे । संविधान निर्माणले आफूहरुलाई थप उत्साहित बनाएको पनि श्रेष्ठले बताए ।
यस वर्ष दक्षिण कोरियालाई एक्स्पोको पार्टनर कन्ट्रीको रुपमा प्रस्तुत गरिएको छ भने भियतनामलाई फोकस कन्ट्रीको रुपमा राखिएको जनाइएको छ ।
नेपालका लागि कोरियका राजदूत चो योङ जिनले एक्सपोले नेपाल, कोरिया दुबै मुलुकको व्यवसाय प्रवद्र्धनमा सघाउने विश्वास व्यक्त गरे । एक्स्पोमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी–व्यवसायीहरूका भित्र पेभिलियनसहित करिब १८० ओटा स्टलहरू रहने जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु