नाडा अटो शो भदौ २९ देखि

२०७२ भाद्र २६ गते, शनिबार

काठमाडौँ । नेपाल अटो मोबाइल्स एशोसियन अफ नेपाल (नाडा) ले ‘नाडा अटो शो’ आयोजना गर्ने भएको छ । काठमाडौंस्थित भृकुटीमण्डपमा भदौ २९ गतेदेखि सवारी साधनको कुम्भ मेला लाग्ने नाडाले जनाएको हो । १२० वटा अवलोकन कक्ष हुने मेलामा विभिन्न ३२ ब्रान्ड सहभागी हुने नाडाले जनाएको छ । विगतको नाडा अटो शोभन्दा यस पटकको अटो शो बृहत् र भव्य हुने अध्यक्ष शेखर गोल्छाले दाबी गरे । प्रदर्शनीमा ६५ वटा कम्पनीले सवारी साधन, पार्टपुर्जा तथा अन्य सेवाजन्य स्टलहरु राख्ने जनाइएको छ । अटो शोमा १४ वटा ब्रान्डका ४ पाङ्ग्रे सवारी, १५ ब्रान्डका २ पाङ्ग्रे तथा ५ ब्रान्डका हेभी कमर्शियल भेहिकल प्रदर्शनीमा राखिने प्रदर्शनी संयोजक शम्भुप्रसाद दाहालले जानकारी गराए । ६ दिनसम्म चल्ने अटो शो ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु