लाङटाङबासी थातथलो फर्किए

२०७२ भाद्र २५ गते, शुक्रबार

काठमाडौं, २५ भदौ । काठमाडौंको पहेँलो गुम्बामा शरण लिई बसेका रसुवाको लाङ्टाङबासी चार महिनापछि आफ्नो थातथलोमा फर्किएका छन् । हिमपहिरो र सुख्खा पहिरोले पैदलमार्ग भत्किएका कारण हवाई मार्गबाट उनीहरु लाङटाङ फर्किएका हुन् । पहेँलो गुम्बामा शरण लिई बसेको बिस्थापितहरु विभिन्न संघ संस्थाको सहयोगमा हेलिकोप्टरमार्फत् लाङटाङ पुगेका हुन् । तत्काल गोरेटो बाटो र अन्य आवश्यक पूर्वाधार निर्माणका लागि जिल्ला विकास समिति र जिल्ला दैविक प्रकोप उद्धार समितिले आवश्यक खाद्यान्य हवाई मार्गबाटै पठाइएकाले सबै बिस्थापितलाई आफ्नो थातथलोमा पु¥याइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
गत वैशाख १२ गतेको भूकम्पले लाङटाङको उच्च भाग फुटेर हिउँपहिरो गएपछि १ सय १६ घरका ४ सय ९६ जना बिस्थापित भएका थिए । पूर्वाधारको विकास नभएका कारण प्रशासनले आन्तरिक तथा बाह्य पर्यटकका लगि अझै पनि लाङटाङ पदमार्ग भने खुल्ला गरेको छैन । रसुवाको लाङटाङमा भूकम्पपछि गएको हिमपहिरोमा परि अझै करिब एक सय जना पर्यटक हराइरहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु