‘लोडसेडिङ मुक्त गर ‘

२०७२ भाद्र २३ गते, बुधबार

काठमाडौं, २३ भदौ । कञ्चनपुरलाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्न माग गर्दै कञ्चनपुरका विद्यार्थी संगठनहरुले आज जिल्ला बन्दको आह्वान गरेका छन् । विद्यार्थीको बन्दका कारण यातायात, शैक्षिक संस्था र बजार ठप्प बनेका छन् । बन्दका क्रममा विद्यार्थीहरुले जिल्ला वन कार्यालय कञ्चनपुरको एउटा मोटरसाइकल र बसपार्कका केही पसलमा समेत तोडफोड गरेका छन् ।
तोडफोडमा उत्रिएका बिद्यार्थीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसँग झडपसमेत भएको छ । झडपका क्रममा केही विद्यार्थी घाइते भएका छन् । विद्यार्थी संगठनहरुले बिहीबार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्मका लागि बन्द आह्वान गरेका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु