टेलिकमको २० र ३० रुपैयाँको रिचार्ज कार्ड बजारमा

२०७२ भाद्र २० गते, आईतवार

काठमाडौ, २० भदौ । नेपाल टेलिकमले अबदेखि २० र ३० रुपैयाँको रिचार्ज कार्ड पनि बजारमा ल्याउने भएको छ । मध्यम तथा तल्लो तहसम्म रिचार्ज कार्डको पहुँच पुर्याउने उद्देश्यले टेलिकमले साना दरका कार्ड बजारमा ल्याउने तयारी गरेको हो । अहिलेसम्म ५०, १ सय, २ सय, ५ सय तथा हजार रुपैयाँका कार्ड बजारमा उपलब्ध भएपनि अब भने कम्पनीले २० र ३० रुपैयाँ दरका कार्ड ल्याउने तयारी भैरहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले जानकारी दिए । केही समयअघि रोकिएको ५० रुपैयाँ दरका कार्ड पनि अब पुनः बजारमा पठाईने उनले बताए । नयाँ कार्ड छाप्नका लागि टेलिकमले विदेशी कम्पनीलाई जिम्मा दिने तयारी गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु