अब प्रिपेड मोबाइलमा डाटा प्याकेज

२०७२ भाद्र १ गते, मंगलवार

काठमाडौं। नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल फोनका लागि डाटाको नयाँ प्याकेज ल्याएको छ। सरकारी स्वामित्वको मुलुककै सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायकले ठूलो संख्यामा रहेका प्रिपेड मोबाइल प्रयोगकर्तालाई लक्ष्यित गर्दै मंगलबारदेखि लागू हुनेगरी डाटा प्याकेज सार्वजनिक गरेको हो। टेलिकमको प्रिपेड डाटा टेरिफअनुसार २०० एमबीको १३० रुपैयाँ पर्नेछ। ५०० एमबीको ३०० रुपैयाँ पर्नेछ भने १ जिबीको पाँच सय रुपैयाँ पर्नेछ। यो समूहमा लिने डाटा प्याकेजको समयावधि एक महिनासम्म रहनेछ। १२९० रुपैयाँमा पाइने ३ जिबी डाटा एनटिसीले दिनेछ। यसको समयावधि दुई महिनाको हुनेछ। पाँच जिबीको १८०० रुपैयाँ पर्नेछ भने यसको समयावधि ३ महिनाको रहनेछ। १० जिबीलाई टेलिकमले यो प्याकेजमा २८०० रुपैयाँमा दिनेछ यसको समयावधि ६ महिनाको हुनेछ। टेलिकम डाटा प्रतिएमबी २७ पैसाभन्दा कम पर्ने दाबी गरेको छ। यो प्याकेजको दरमा कर समावेश नगरिएको टेलिकमले जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु