भूकम्प प्रभावित जिल्लामा खोप अभियान

२०७२ श्रावण २९ गते, शुक्रबार

काठमाडाैं, २९ साउन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भूकम्प प्रभावित १४ जिल्लामा भोलिदेखि दादुरा–रुबेला बिरुद्धको खोप अभियान संचालन हुने जानेको छ । गतवैशाख १२ गतेको भूकम्पमा कारण स्थगित भएको अभियान भोलिदेखि फेरि संचालन गर्न लागिएको महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले दादुरासँगै खतराको रुपमा देखा परेको रुबेलाको रोकथामका लागि दादुरा–रुबेला खोप दिइने जानकारी दिए । उनका अनुसार पहिले यसका विरामी धेरै भएपनि केहि समय घटेका तर खोप दिन छुटेपछि फेरि बढेकाले अभियान चलाउन लागिएको हो ।
पहिलो चरणमा भोलिदेखि तीन दिन र दोस्रो चरणमा भदौ १४ देखि १९ गतेसम्म खोप सेवा सञ्चालन गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले बताए । अभियानको क्रममा पाँच वर्षसम्मका बालबालिकाका लागि दादुरा–रुबेला खोप लगाउने महाशाखाको योजना छ ।
दादुरा रोकथामका लागि लगाइएको खोपका कारण बालमृत्युदर सङ्ख्या २५ प्रतिशत न्यून भएको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार