शेयरमा सुधार जारी

२०७२ श्रावण २९ गते, शुक्रबार

काठमाडौं । विहीबार शेयर बजारमा दोहोरो अंकको सुधार भयो । बजार परिसूचक नेप्से ११ अंक बढीले उकालो लागेर १ हजार ८८ मा पुग्यो । यो वर्ष दिनयताकै उच्च हो । कारोबारको सुरुमा ऋणात्मक रहेको नेप्से केही समयमा बुलिस ट्रेन्डमा अगाडि बढेको हो । कारोबार भएका अधिकांश समूहको सूचक उकालो लागेसँगै नेप्सेमा सुधार आएको हो । होटल बाहेक अरु सबै समूह हरियो रहेका हुन् । उत्पादनमूलक समूहमा सबैभन्दा उच्च ६८ अंकको बृद्धि भयो । वाणिज्य बैंक समूह पनि १५ अंकले उकालो लाग्यो । यसदिन कारोबार परिमाण पनि उच्च रह्यो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३३ कम्पनीको ११ लाख ७३ हजार कित्ता शेयर ६९ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु