इजरायलमा महिला कामदार लैजाने विषयमा सम्झौता हुदै

२०७२ श्रावण २२ गते, शुक्रबार

काठमाडौ, २२ साउन। इजरायलले नेपाली महिला कामदार लैजाने विषयमा आज नेपाल सरकार र इजरायलबीच दुई पक्षीय सम्झौता हुँदैछ । कामका लागि महिला कामदार जान पाउनेसम्बन्धी सम्झौता पत्रमा आज श्रम तथा रोजगार मन्त्रालयमा हस्ताक्षर हुँदैछ । दुई पक्षीय सम्झौतामा हस्ताक्षर गर्न इजरायली पक्ष पनि नेपाल आइसकेको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिए ।
मन्त्रालयका अनुसार अब ६० देखि ७० हजार रुपैयाँ तिरेर नेपाली महिला कामका लागि इजरायल जान पाउँछन् । सम्झौताअनुसार सुरुमा ६० जना कामदार पठाइनेछ भने ती कामदारको कामको प्रतिक्रियाको आधारमा थप कामदार पठाइने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु