काउन्सिलवाट काउन्सेलिङ् हुन नसकेको गुनासो

२०७२ श्रावण २१ गते, बिहीबार

काठमाडौं, २१ साउन । प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले वुधबार राजधानीमा आयोजित नेपाल क्रान्तिकारी पत्रकार संघसँगको छलफल कार्यक्रममा आएका गुनासाहरुको सम्वन्धमा सञ्चारक्षेत्रको समस्याको पहिचान र समाधान गर्न सकारात्मक आलोचना तथा सुझावहरु काउन्सिलका लागि मार्गदर्शन हुने धारणा राख्नुभयो । सरकार र सञ्चारक्षेत्रवीच संयोजनको भूमिका प्रभावकारी वनाउन र काउन्सिलप्रति पत्रकारहरुको अपनत्व बढाउन सरोकारवालाहरुसँग नियमितरुपमा छलफल तथा अन्तरक्रिया गरी पत्रकारितामा देखिएका समस्याहरुको सम्वन्धमा साझा मुद्दा बनाइने वताउँदै अध्यक्ष कार्कीले पत्रकार र राज्यवीच प्रत्यक्ष सम्पर्क हुनु अस्वभाविक रहेकोले निश्चित कायम गरी सवैको हित हुने साझा नीति वनाउनुपर्ने वताउनुभयो । नियुक्तीलाई मात्र नभई समाचार सामग्री समेत समावेशी वनाउँदा आमजनताको भलाई हुने ,सवै सरोकारवाला वसेर वर्गीकरण मापदण्ड परिमार्जन गर्ने कुरामा जोड दिनुहुँदै अध्यक्ष कार्कीले पत्रकारले वर्गीकरणलाई अधिकारको रुपमा लिने गरेको तर स्तर सुधार्ने कुरामा ध्यान नदिएको वताउनुभयो । वर्गीकरणका वारेमा सहभागी पत्रकारहरुको आक्रोशवारे प्रतिक्रिया दिनुहुँदै अध्यक्ष कार्कीले वर्गीकरण मापदण्ड परिमार्जन र वैज्ञानिक नभएकोले वर्गीकरणको नतिजाप्रति केही कमी कमजोरी रहेको औंल्याउनुभयो । पत्रकारलाई काउन्सिलवाट क्षमता अभिवृद्धिका लागि तालिम , प्रेस परीक्षाको व्यवस्था गरिने ,यसवाट पत्रकारिता क्षेत्र जवाफदेही र पारदर्शी हुने धारणा व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी पत्रकार संघका संयोजक गोविन्द आचार्यले पत्रपत्रिकाको क्षेत्र एनजिओकरण भएको , पत्रकारिताको विषयवस्तुमाथि काउन्सिल वाहेक कुनैपनि निकायले नियमन र अनुगमन गर्न नहुने , हाम्रो भन्दा राम्रो पत्रकारितामा जोड दिनुपर्ने वताउनुभएको थियो ।
कार्यक्रममा उजीर मगर ,सुदर्शन राज पाण्डे , यदुनाथ गौत्तम , वलराम थापा ,चक्रपाणी नेपाल , विष्णु सापकोटा , लक्ष्मी पुन लगायतका पत्रकारहरुले मिडियामा रहेका विकृति र विसंगती रहेको , शक्तिमा रहेको समूहको मात्र समाचार बन्ने गरेको र काउन्सिलले काउन्सेलिङ्मा जोड नदिएको कुरा औंल्याउनुभएको थियो । – महेन्द्रराज सिंह ,प्रेस काउन्सिल

प्रतिक्रियाहरु