झोले डाक्टरको विगविगी, सम्बन्धित निकाय मौन

२०७२ श्रावण १९ गते, मंगलवार

काठमाडौ, १९ साउन । कपिलवस्तुमा झोले डाक्टरको बिगबिगी बढेको छ । अहिले गाउदेखि सहरमा झोले डाक्टरले गैर कानूनी रुपमा खुलेयाम औषधी पसल र क्लिनिक संचालन गरे पनि सरोकारवाला निकाय मौन बसेका छन् । अनुगमन, निरीक्षणमा चासो नदिईदा अबैध औषधी पसल खुल्ने क्रम बढदै गएको हो । औषधी ब्यवस्था बिभाग, प्रशासन, प्रहरी तथा स्वास्थ्य कार्यालय लगायत कुनै पनि निकायले त्यस्ता औषधि पसल संचालनमा रोक नलगाउदा यहाको जन स्वास्थ्य समस्या जटिल बन्दै गएको छ ।
यहाँ अधिकांश औषधी पसलहरु गैरकानूनी रुपमा सञ्चालन भइरहेका छन् । औषधी पसल सञ्चालनको लागि औषधी व्यवस्था विभागबाट अनिवार्य दर्ता गराउनु पर्ने प्रावधान छ । दर्तावाला औषधी पसलमा औषधी मात्र बिक्री गर्न पाईन्छ । क्लिनिक संचालन गर्न गरेपछि मात्र जाच र उपचार गर्न पाईने नियम छ ।
क्लिनिक संचालनका लागि जिल्ला स्वास्थ्य कार्यालयसंग अनिवार्य स्विकृति लिनु पर्ने प्रावधान रहेको छ । तर त्यस बिपरित जिल्लामा दुई सय भन्दा बढि औषधी पसल सञ्चालनमा रहेको औषधी ब्यवसायी संघले जनाएको छ । पसल मात्र नभई झोला छाप र भारतीय नक्कली डाक्टरहरु समेत दर्जनौको संख्यामा रहेका छन् ।

प्रतिक्रियाहरु