सामसुङ जेड १ नेपाली बजारमा

२०७२ श्रावण १९ गते, मंगलवार

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले नेपालमा पहिलो पटक टिजेन पावर्ड स्मार्टफोन सामसुङ जेड १ सार्वजनिक गरेको छ । यो स्मार्टफोन पहिलो पटक स्मार्टफोन प्रयोग गर्ने प्रयोगकर्ताले पनि सजिलै चलाउन सक्ने सामसुङ इलेक्ट्रोनिक्सले जनाएको छ ।
लामो समयसम्म टिक्ने ब्याट्री रहेको सामसुङ जेड १ मा विभिन्न एप्लिकेसनमा सजिलै पहुँच पुग्ने खालको रहेको कम्पनीले जनाएको छ । सामसुङको यो नयाँ स्मार्टफोन नेपालका स्मार्टफोन प्रयोगकर्ताहरुका लागि बढी उपयोगी हुने सामसुङ नेपाल इलेक्ट्रोनिक्सका एचएचपी बिजनेस विभाग प्रमुख प्रणय रत्न स्थापितले बताउनुभयो । यो स्मार्टफोनमा १.२ गिगाहर्जको डुअल कोर प्रोशेसर, ७ सय ६८ एमबीको र्‍याम तथा ४ जिबीको इन्टर्नल मेमोरी छ । यस्तै ६४ जिबीसम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिने छ । दुई वटा सिम प्रयोग गर्न सकिने स्मार्टफोनको ब्याट्री लामो समयसम्म टिक्ने खालको छ ।
एकपटक पूर्ण चार्ज भएको ब्याट्रीबाट ७ घण्टासम्म भिडियो कल तथा ८ घण्टासम्म भ्वाइस कल गर्न सकिन्छ । ७ हजार ४ सय ९० रुपैयाँ मुल्य पर्ने सामसुङ जेड १ सेतो, कालो तथा रातो रंगमा उपलब्ध हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार