विजुलीबाट चल्ने हवाइजहाज !

२०७२ असार ७ गते, सोमबार

काठमाडौ । चीनलेविद्युतबाट चल्ने जहाज निर्माण गरेको छ । बि एक्स वान इ नामको उक्त इलेक्ट्रिक जहाजको पखेटा साढे १४ मिटर लामो तथा यसको अधिकतम वजन २ सय ३० किलोग्राम रहेको बताइएको छ । यो जहाजको मूल्य झण्डै १० लाख युआन अर्थात् १ करोड ६० लाख रुपैयाँ छ । चिनिया सरकारी संचार माध्यम सिन्ह्वाका अनुसार यो जहाज ३ हजार मिटरको उचाइसम्म उड्न सक्छ । यो जहाजलाई दुइ घण्टाभित्रमा चार्ज गर्न सकिने र यसको अधिकतम गति प्रतिघण्टा १ सय ६० किलोमिटर रहेको बताइएको छ । यसलाई यस पटकमा ४५ मिनेट देखि १ घण्टासम्म मात्र उडाउन सकिन्छ ।
शेनयांग एरोस्पेस विश्वविद्यालय तथा लियोनिंग जनरल एभियसन एकेडेमीका वैज्ञानिकहरुले यो जहाजको डिजाइन गरेका हुन् । पहिलोपटक निर्माण गरिएका दुइवटा जहाज लियोनिंग रुयजियाङ एभियसन कम्पनीलाई दिइएको छ । यी विमानको प्रयोग पाइलट प्रशिक्षण, पर्यटन, मौसम विज्ञान तथा विपद उद्धार र बचावट कार्यमा गर्न सकिने बताइएको छ ।
अहिलेसम्म २८ वटा यस्तो जहाज निर्माणको लागि अर्डर प्राप्त भैसकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु