मनसुन सुरु हुन अझै केही दिन लाग्ने

२०७२ जेष्ठ ३२ गते, सोमबार

काठमाडौं, ३२ जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय हुन अझै ३/४ दिन लाग्ने जनाएको छ । पश्चिमी वायूको प्रभाव अझै बाँकी रहेकाले मनसुन सक्रिय हुन ३/४ दिन लाग्ने महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताए । उनका अनुसार अहिले पूर्वमा कमजोर मनसुन भित्रिएको छ र यो देशभर पुग्न अझै केही दिन लाग्नेछ । पूर्वमा देखिएको मनसुनी हावा मध्य क्षेत्र हुँदै पश्चिम पुगेपछि मनसुन सक्रिय हुने मौसमविद् अर्यालले बताए । अस्ति शनिबारदेखि मनसुन भित्रिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु