विराटनगरका ३६ उद्योगविरुद्ध मुद्दा

२०७२ जेष्ठ ३० गते, शनिबार

काठमाडौं, ३० जेठ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले न्यून गुणस्तरको खाद्यान्न उत्पादन गरेको भन्दै पूर्वका विभिन्न ३६ उद्योग विरुद्ध मुद्दा चलाएको छ । चालु आर्थिक वर्षको दश महिनामा रमपम चाउचाउदेखि क्वालिटी विस्कुटसहितका ३६ उद्योगविरुद्धकार्यालयले मुद्दा चलाएको हो । बजारमा नाम चलेका ब्रान्डका खाद्यान्न उत्पादन गर्ने ठूला उद्योगका उत्पादन समेत गुणस्तरहीन पाइएको भन्दै कार्यालयले ती उद्योगविरुद्ध कानूनी कार्वाही थालको उक्त कार्यालयका प्रमुख प्रमोद कोइरालाले बताए ।
विभिन्न समयमा खाद्यान्नको नमूना संकलन गरेर क्षेत्रीय प्रयोगशालामा गुणस्तर परीक्षण गर्दा कमसल फेला परेको कोइरालाले बताए । मुद्दा चलाइएका उद्योगमा तीन वटा बिस्कुट उद्योग, दश वटा प्रशोधित पिउने पानी, सात वटा घ्यू तथा तेल उद्योग, प्रशोधित चाउचाउ उद्योगसहित चिया, बेसन, प्रशोधित दूध र स्वीट्स एण्ड स्न्याक्स उद्योग रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु