तराइमा अत्यधिक गर्मी

२०७२ जेष्ठ १३ गते, बुधबार

काठमाण्डौं,१३ जेठ । पश्चिम तराईमा केही दिनदेखि बढेको गर्मीका कारण त्यस क्षेत्रको जनजीवन नराम्रोसंग प्रभावित बनेको छ ।गर्मीले पश्चिम तराईका चितवन, रुपन्देही, नवलपरासी, बांके, बर्दियाको साथै पूर्वी तराईका धनुषा, महोत्तरी, सिरहा, सर्लाही, मोरङलगायतका जिल्ला प्रभावित बनको छ ।गर्मीको प्रभाव सबैभन्दा बढी रुपन्देही, बांके, कैलाली र पूर्वको मोरङमा देखिएको छ ।यि जिल्लाहरुको तापक्रम ४० डीग्रि नाघेको छ । गर्मीका कारण जिल्लाका स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप समेत बढ्न थालेको छ ।दिनमा चर्को गर्मीका कारण दिउंसोको समयमा बजार क्षेत्रमा मानिसहरु चहलपहल घटेको छ ।
अत्याधिक गर्मीका कारण सर्वसाधारणमा रिंगटा लाग्ने, वाकवाकी हुने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
तराई क्षेत्रका बजारहरु दिउंसोको समयमा सुनसान हुन थालेको छ ।
गर्मी मौसममा मानिसको शरीरमा रहेको पानीको मात्रा पसिनाको रुपमा बाहिर निस्किने भएकाले बढी झोलयुक्त खानेकुरा खान र स्वच्छ पानी पिउनुपर्ने सल्लाह स्वास्थ्यकर्मीको छ ।गर्मी बढेसंगै तराईका जिल्लाहरुमा चिसो पेय पदार्थको व्यापार भने फस्टाएको छ ।उता, लोडसेडिङ खेप्दै आएका सर्वसाधारणले थप बिद्युत कटौती भइरहनाले दिउंसो कार्यालयमा बसेर काम गर्न समस्या हुने गरेको र रातमा सुत्न समस्या भएको गुनासो गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार